Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

वार्षिकोत्सव तथा बधाई कार्यक्रम–२०७८

कम्प्युटर एसोसियसन नेपाल महासंघ कास्की शाखाको १३ आंै वार्षिकोत्सव तथा बधाई कार्यक्रम यहि २०७८ भाद्र १६ गते सिटी स्क्वायर, न्युरोड, पोखरामा क्यान कास्कीका कार्यवहाक अध्यक्ष श्री दुधमान गुरुङ्ग ‘आषिश’को अध्यक्षता सम्पन्न भयो । उक्त कार्यक्रममा कानुन सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापा प्रमुख अतिथि रहनु भएको थियो । संस्थाको तर्फवाट सफल कार्यकालको शुभकामन सहित मन्त्री ज्यूलाई बधाइ ज्ञापन गरिएको थियो साथै क्यान कास्कीबाट तयार गरिएको सुचना प्रविधि सम्वन्धी अवधारण पत्र पेश गरिएको थियो । क्यान कास्कीका संस्थापक महासचिव तथा पूर्व अध्यक्ष श्री चण्डीप्रसाद अर्याल ज्यूले आफ्नो भनाइहरु राख्नु भएको थियो भने उक्त कार्यक्रममा क्यान कास्कीका सदस्य गोविन्द प्रसाद रिजालद्वारा अवधारण पत्र प्रस्तुत गरेका थिए, कार्यक्रम संयोजक तथा संस्थाका निवर्तमान अध्यक्ष युवराज पौडेलले स्वागत मन्तब्य र कार्यक्रम संचालन संस्थाका सचिव सेवक क्षितिजबाट भएको थियो ।